मिति: 2077/11/21
समय:
- हाम्रो बारेमा
- हाम्रो परिचय

कृषि विकास कार्यालय ,रुकुम पश्चिम
कृषि ज्ञान केन्द्र, पश्चिम रुकुमको रुपमा सेवा प्रदान गर्दै आएको यस कार्यालयमा आ.ब २०७६/७७ बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश अन्तरगतको
कृषि विकास निर्देशनालय अन्तरगत रही कृषि विकास कार्यालयको नाममा सेवा प्रदान
गर्दै आएको छ । स्थानीय समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला
सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक
पृष्ठपोषण बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्र्टन, कृषि तथ्याङ्कहरु
संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सन्चालन लगायत संघ र स्थानीय
तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस कार्यालयको रहेको छ ।
उद्देश्य
- १. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने ।
- २. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने।
- ३. कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने।
- ४. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।
- ५. Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने।
- ६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।
- ७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।
योजना
- १. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
- २. कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने ।
- ३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
- ४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
- ५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
- ६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
- ७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।